३१ आश्विन २०८३, शनिबार

कामना सेवाको नयाँ शाखा काठमाण्डौँको भिमसेनगोलामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौँ महानगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा यही माघ ८ गते आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

यससँगै बैंकको शाखा संख्या ११७ वटा पुगेको छ ।

काठमाडौँको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग भी फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।