३१ आश्विन २०८३, शनिबार

काठमाडौँमा अभिनय कार्यशाला सुरु हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ । आर्टिस्ट नेपाल को आयोजनामा अभिनय कार्यशाला सुरु हुने भएको छ । काठमाडौँ पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोसको हलमा कार्यशाला सुरु हुन लागेको हो ।

कार्यशालामा रंग क्षेत्रमा अगाडी बढ्न खोज्ने युवाहरु सहभागी हुन सक्नेछन् । विशेष गरि अभिनय क्षेत्रमा काम गरिसकेका तथा अभिनय क्षमता अभिवृद्धि गर्न चाहना हुने पुस्तालाई यो कार्यशालाको सिकाई महत्वपुर्ण बन्ने आयोजकले जनाएको छ ।

हरेक बिहान ७ बजे सुरु हुने यस कार्यशालामा सहभागीहरुलाई निखारता प्रदान गर्न निखारिएका रंगकर्मी भोला राज सापकोटा ‘कोच’ को भूमिका निर्वाह गर्नेछन् ।

भोलाराज सापकोटा हिन्दी चलचित्र ‘बर्फी’मा नायक रणवीर कपुर र प्रियंका चोपडासँगै अभिनय गरेका नेपाली कलाकारको रुपमा चर्चामा आएका कलाकार हुन् । उनी अभिनीत झुम्की, कुम्भकरण, रणवीर, पण्डित बाजेको लौरी, गोपीलगायत चलचित्र रिलिज भएका छन् ।

गुरुकुलमा बसेरै अभिनयको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेका रंगकर्मी भोलाराजको यो समय, अभिनयमार्फत आफ्नो पाईला चाल्न खोज्नेहरुको लागि विशेष हुने आयोजक संस्थाका अध्यक्ष नव ढुंगेलले बताए ।

ढुंगेलले कार्यशालामा भाग लिने अभिनय प्रेमीहरुको निशुल्क फोटोसुट, आर्टिस्ट पोर्टफोलियो पेज तथा अवसरहरु प्रदान गरिने पनि बताए ।