९ मंसिर २०८३, बुधबार

प्रहरी अधिकृत र महिला कर्मचारीको सन्निकट संवाद, यौन शोषणको उजुरी पेन्डिङमा

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रहरीको विधि विज्ञान प्रयोगशाला प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) राकेश सिंह र एक प्रहरी महिला कर्मचारीको सन्निकट संवादको अडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको अडियोमा एसएसपी सिंह र ति प्रहरी महिला कर्मचारीबीच यौनजन्य आशयमा प्रेमपूर्ण संवाद छ । ड्युटी खटाउनेलगायतका विषयमा जुनियर कर्मचारीले एसएसपी सिंहसँग कुराकानीका क्रममा ‘सम्बन्ध स्थापित’ गर्ने आशयको मात्र होइन, आफ्ना नीजि तर यौनसम्बन्धी समस्याका विषयमा पनि खुलेर कुराकानी गरेकी छन् ।

सार्वजनिक भएको अडियो क्लिपलाई आधार मान्ने हो भने सिंह र ति प्रहरी महिला कर्मचारीबीच पटक–पटक यौन सम्बन्ध स्थापित भएको अनुमान गर्न सकिन्छ । यो अनुमानको अर्को प्रमाणचाहिँ महिला कर्मचारीले डेढ बर्ष अघि दिएको उजुरी पनि हो ।

संवादमा कुनै भीआईपीको सवारीको सुरक्षाका लागि खटिएकी ति प्रहरी महिलाले पशुपति क्षेत्रबाट फोन गर्दा एसएसपी सिंहले भनेका छन्,‘म त दूध लिन आएको छु ।’

यति मात्र होइन, सो क्रममा ‘हाम्रो अफिसको टोलीमा कतिजना छन् ? तिमी एक्लै हो ?’लगायतका प्रश्न सिंहले गरेका छन् । सोही क्रममा उनले यौन सम्बन्ध स्थापित गर्ने आशयमा भन्छन्,‘अनि हाम्रो कहिले हुन्छ त ?’

महिला कर्मचारीले पनि हँसिलो मुद्रामा नै बुझेको अनुभूतीमा कुरा मोड्न खोज्छिन् । तर कुनै प्रतिकारात्मक उत्तरचाहिँ सार्वजनिक भएको अडियोमा सुनिँदैन ।

यद्यपि सार्वजनिक भएको संवादको अडियोमा सहमतिमा यौन सम्बन्ध स्थापित भएको जस्तो पनि अड्कल गर्न सकिन्छ । खासगरी, त्यसमा पीडित भनिएकी महिलाले कुनै अनुनय, विनय वा प्रतिकारात्मक संवाद गरेकी छैनन् ।

बरु, प्रशासनिक विषयमा सोध्ने चेष्टा गरेकी छन् । प्रहरीको खास मानिएको कर्मचारी प्रशासनका एसपी कहाँ छन् ? भन्ने प्रश्न पनि ति महिलाले गरेकी छन् ।

पेन्डिङमा उजुरी

एसएसपी सिंहले महिला कर्मचारीमाथि यौन शोषण गरेको भनी प्रहरी प्रधान कार्यालयमा नभई प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएकी थिइन् ।

विवरणअनुसार ६ साउन ०७५ मा सिंहविरुद्ध परेको उजुरीअनुसार कारबाही गर्न भने प्रहरी प्रधान कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट पत्र आएको बताइएको छ । तर उनलाई कारबाहीको साटो बढुवा गरिएको छ ।

उक्त पत्र सोही समयमा ९ साउनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा दर्ता भएको र उजुरी छानबिनका लागि समिति गठन भएको पनि विवरणमा उल्लेख छन् ।

अडियो प्रमाणसहित आएको उजुरी, त्यहाँमाथि प्रधानमन्त्री कार्यालयबाट भएको पत्र १६ महिनासम्म पेन्डिङमा रहेको छ । जसका विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन जारी रहेको जवाफ सार्वजनिक गरेको छ ।