५ कार्तिक २०८३, बिहिबार

सरकारले बिजुली बस किन्न दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने भएको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याज सहित फिर्ता लिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्नका लागि सरकारबाट शेयर लगानीबाफत ३ अर्ब रुपियाँ उपलब्ध गराएको थियो ।

मन्त्री बाँस्कोटाले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थमन्त्रालयले ३ अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय समेत भएको बताए ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको २०७६ माघ १२ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्ने र सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय समेत गरेको छ ।

सरकारले तिब्बतमा बस्दै आएका नागरिकता बिहीन हस्तलिखित राहदानीबाहक नेपालीहरूलाई राहदानी जारी गर्न स्वीकृति दिएको छ ।