
विराटनगर, ९ माघ । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पूर्पक्षको लागि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालतले धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको हो ।
मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।
उनीमाथि महिला अनुयायीलाई बलात्कार गरेको अभियोग छ । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतको फैसला आउनुअघि नै उनी भने भारत भागेका छन् ।















प्रतिक्रिया