
दाङ, ९ माघ । आफ्नै बुहारीमाथि चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ८ गते साँझ दाङको गढवा गाउँपालिका ४ रामनगर बस्ने वर्ष ६५ को कुलमान कुँवरले २७ वर्षीया बुहारी बसन्ता कुँवरलाई चक्कु प्रहार गरेका थिए ।
घरायसी विवादका कारण चक्कुले पेट, ढाड र छातीमा हान्दा बसन्ता गम्भीर घाईते भएकी थिइन् । स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहलपुर बाँके रिफर भएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
चक्कु हान्ने व्यक्ति इलाका प्रहरी कार्यालय गढवाको नियण्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जनाएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।















प्रतिक्रिया