९ मंसिर २०८३, बुधबार

गोष्ठीमा अमेरिका गएकी उपमेयर फर्किनन्

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ ।   नगरपालिका संघको बैठकमा भाग लिन अमेरिका गएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर नेपाल फर्किएकी छैनन् ।

गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएको नगरपालिकाका मेयर रत्नबहादुर शाहीले बताए । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ ।

उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् ।