९ मंसिर २०८३, बुधबार

आईजीपी नियुक्ति विवाद : बहस अन्तिम चरणतर्फ, आजै आदेश आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ। सबै पक्षको बहस सकिएपछि अदालतले बुधबार नै अन्तरिम आदेशबारे निर्णय सुनाउने तयारी गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा भइरहेको सुनुवाइमा कार्कीका तर्फबाट बहस पूरा भइसकेको छ। त्यसपछि महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सरकारी पक्षले आफ्नो धारणा राखिरहेको छ।

सरकारी पक्षको बहस सकिएपछि नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीका तर्फबाट पनि बहस हुनेछ। त्यसपछि जवाफी बहस गरी अदालतले आदेश दिने तयारी गरेको छ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि उनले उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

कार्कीले आफूलाई पदबाट हटाउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै केसीको नियुक्ति बदर गरी आफूलाई पुनर्बहाली गर्न माग गरेका छन्। अदालतले उनको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आजै टुंगो लगाउने अपेक्षा गरिएको छ।