९ मंसिर २०८३, बुधबार

छाउगोठमा बुहारीको मृत्यु भएपछि, जेठाजुलाई कैद

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ९ माघ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका ठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ।

मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन्।

मृतक पार्वतीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका र सासू ससुरा पनि घर बाहिर रहेकाले प्रहरी प्रतिवेदनका आधारमा घरमूली रहेका छत्र रावतलाई मंसिर १९ गते पक्राउ गरिएको थियो।