
मोरङ, ९ माघ । विराटनगरमा कलेज बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।
लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा सह–चालक३२ वर्षीय सानुको ज्यान गएको प्रहरीले जनाएको छ ।
सितलहरसँगै लागेको बाक्लो हुस्सु लागेको समयमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा बस सडकबाट पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् ।











प्रतिक्रिया