
काठमाडौँ, ८ माघ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट सितापाईला चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने लु.११ प.९६६५ नम्बरको मोटरसाईकलमा सवार जलन थापालाई प्रहरीले नियन्त्रण गरेको हो । जाजरकोट दारेकोट ७ का थापाको
मोटरसाईकललाई चेकजाँच गर्दा कुनै पनि कागजपत्र नभएकाले प्रहरीले कारवाही गर्न खोज्दा मोटरसाईकलको पछाडी बसेका जलन थापाले प्रहरीलाई नगद ५ सय
रूपैयाँ दिन खोजेका थिए । आर्थिक प्रलोभनमा पारी उनी कारवाहीबाट बच्न खोज्दा प्रहरीले नियन्त्रण गरेको हो ।















प्रतिक्रिया