९ मंसिर २०८३, बुधबार

मुखमा मुक्का हान्ने मनाङेलाई गुरुङले कानुनी कठघरामा उभ्याउने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ माघ । अखिले नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)लाई कानुनी कठघरामा उभ्याउने भएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङेले मंगलबार गुरुङलाई मुखैमा मुक्का हानेका थिए ।

बुधबार पत्रकार सम्मेलन गरेका गुरुङले मनाङेले हातपात गरेको विषयबारे बोल्दै आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिन लागेको बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं प्रशिक्षक कृष्ण थापाले प्रतियोगिताका नाममा भ्रष्टाचार भएको भनेर लगाएको आरोप प्रमाणित गर्न मनाङेलाई चुनौति दिएका छन् ।

कतिसम्म भने मनाङेले एन्फाका केन्द्रीय अध्यक्ष समेतलाई झापड हान्ने चेतावनी दिएका खबर सार्वजनिक भएका थिए ।