३१ आश्विन २०८३, शनिबार

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौँ ल्याइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ माघ । मंगलबार धादिङमा मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार ११ जना गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।

२५ जना सवार मिनीट्रकमा मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ ।