
काठमाडौँ, ७ माघ । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यात्रु बोकेको मिनीट्रक दुर्घटनामा १९ जना घाइते भएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको मिनीट्रक दुर्घटना भएको हो । धादिङ प्रहरीका अनुसार निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा ट्रक दुर्घटना भएको थियो ।
ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको स्थानमा स्थानीयवासी र प्रहरीले उद्दार कार्य जारी राखेका छन् ।
घटनाबारे विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया