३१ आश्विन २०८३, शनिबार

लाङटाङमा शुक्रबारदेखि बेपत्ता विद्यार्थीको खोजी जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ६ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पुर्याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पुर्याइएको हो ।

हेली एभरेष्टको हेलिकप्टरबाट साेमबार मध्याह्नतिर चार उद्धारकर्ता पुर्याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ ।

वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौँका जापान लामा नुवाकोटको घ्याङ्फेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता छन् ।

दुवै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । गोसाईंकुण्ड घुमेर उनीहरु हेलम्बु फर्कँदै गर्दा बेपत्ता भएका जानकारी प्राप्त भएको शेर्पाले बताउनुभयो ।

गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु गत पुस २९ गते हेलम्बु पुगेका थिए । हेलम्बु वाङ्गेलको गाउँ हो । बुधबार गोसाईंकुण्ड गएका उनीहरु फर्केर घ्याङ्फेदीस्थित फेदी लजमा बास बसेका थिए ।

वाङगेलले शुक्रबार बिहान ७ः०० बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए । सोही दिन बिहान ९ः०० बजेतिर उनीहरु घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए । त्यसपछि उनीहरु सम्पर्क्िवहीन छन् ।

तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्धारकर्तालाई घोप्टेफेदी पु¥याएको बताउनुभयो । घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएका भनिएको स्थलतिर गएका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनलाई पुग्ने रासनपानी बोकेर उद्धारकर्ता खोजीमा जुटेका छन् । –रासस