
बारा, ६ माघ । बाराको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट एपीएफ टोलीले माघ ५ गते करीब ८ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षीय सुनिल कुमार छन् ।
एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यसबेला एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेका निज कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट माघ ६ गते एपीएफ टोलीले करीव २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्रको नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको टोलीले बरामद गरेको हो ।
त्यस्तै, माघ ६ गते नै करीव २ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । सर्लाहीको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जनाएका छन् ।















प्रतिक्रिया