३१ आश्विन २०८३, शनिबार

इटहरी उपमहानगरद्धारा गाई पाल्ने कृषकलाई अनुदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ६ माघ । इटहरी ५ का हरी प्रसाद आर्चायले ८ वर्षको उमेर देखिनै गाईपाल्दै आएका छन् । अहिले पनि उनले १४ वटा गाई पालिरहेका छन् ।

उनले गाई पाल्न थालेको यतिका वर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाए । इटहरी उपमहानगरले अनुदानमा कुटी काट्ने मेसिन र दुध राख्ने क्यान प्रदान गरेपछि ७६ वर्षका जेष्ठ नागरिक आर्चाय निक्कै खुशी देखिन्थे ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सोमबार १५ जनालाई कुटि काट्ने मेसिन, ५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गरेकी हुन् ।

उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर बनाउन विभिन्न समाग्री प्रदान गरिएको बताइन् । उनले सात लाख बराबरको समाग्री प्रदान गरिएको बताइन् ।

समाग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भटटराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको बताए । उपमहानगरले पचास देखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो ।