३१ आश्विन २०८३, शनिबार

बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ६ माघ । बिर्दबासमा आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।

बर्दिबासलाई एक आपसी सदभावको पहिचान तथा नमुना शहर तथा प्रदेश न २ को व्यापारिक केन्द्रबिन्दु बनाउने अभियानसहित भ्रमण वर्ष २०२० लाई सफल पार्न “आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६” माघ १६ गते देखि माघ २५ गते सम्म भव्यताको साथमा सम्पन्न हुने भएको छ ।

बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुन लागेको महोत्सब बर्दिबासको आर्थिक समृद्धिको लागि सहायक सिद्द हुने स्थानिय बासिन्दाको भनाइ छ ।

त्यस क्षेत्रमा रहने स्थानीयबासीहरुलाई सर्व सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले सुरु गरिन लागेको मेलाले समग्र बर्दिबासबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुर्याउने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीको मुख्य आयोजना तथा नेपालका विभिन्न जिल्लाहरुमा औंद्योगिक तथा व्यापार मेला गर्दै आएको संस्था औंधोगिक शान्ति नेपाल सस्थाको सहकार्य र बर्दिवास नगरपालिकाको संरक्षणमा “बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६ माघ १६ गते देखि २५ गते सम्म आयोजना हुन लागेको हो । बर्दिबास आफैमा आफैमा एक व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ ।

यसै अनुरुप यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा वृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीका अध्यक्ष शान्तराज मोक्तानले गराए ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउनेछन् ।

त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी औंधोगिक शान्ति नेपाल सस्थाको अध्यक्ष सन्दिप महतले गराएका छन ।

२ न. प्रदेश स्तरिय बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने तयारी छ ।

उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी अध्यक्ष महतले गराए साथै उक्त मेला अवलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रवद्र्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिवमा शंकर गुरुङ, कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिवालय व्यवस्थापकमा विनोद जैसवाल रहेको छन् ।