३१ आश्विन २०८३, शनिबार

समृद्धिको चाहना पूरा हुने काम गर्नुस् : मुख्यमन्त्री राई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, ५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पूरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राईले मन्त्रीसहित आज नियुक्त हुनुभएका राज्यमन्त्रीहरुलाई प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै अग्निपरीक्षा शुरु भएको भन्दै यो ऐतिहासिक कार्यभार सफल रुपमा बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले दुई दिनभित्र प्रस्टरुपले कार्य विभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै काममा कुनै किसिमको अल्मलिनु हुँदैन भन्नुभयो ।

उहाँले भ्रष्टचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेको बताउँदै कामलाई छिटो, छरितो र पारदर्शी ढङ्गले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जना प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

रामबहादुर मगरलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा)लाई सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । –रासस