
रोल्पा, ५ माघ । त्रिवेणी गाउँपालिका ४ ह्वापखोलास्थित जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मे.१ ज १९१५ नम्बरको जीपमा सवार माडी गाउँपालिका १ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया