३१ आश्विन २०८३, शनिबार

नासाले जनगणना २०२० सफल पार्न हेल्पडेस्क संचालन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । नेप्लिज एशोशिएसन इन साउथइष्ट, अमेरिका, नासाले आगामी जनगणना २०२० लाई सहयोग पुर्याउन विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।

जनगणनाको अभियान सुरु हुन् छोटो समय मात्रै बाँकी रहेको अवस्थामा कसरी प्रभावकारी रुपमा कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आज नासाको जनगणना २०२० समितिको दोश्रो कन्फरेन्स कल बैठक सम्पन्न भयो ।

बैठकलाई सम्बोधन गर्दै नासाका अध्यक्ष बिनय अर्यालले समतिले आज सम्म गरेको तयारीको प्रशंसा गर्दै जनगणना जस्तो संवेदनशील कार्यमा सहभागी भै अमेरिकामा भएका नेपाली समुदायलाई नेपालीका रुपमा पंजीकृत गर्न सक्दो सहयोग गर्ने कार्यमा लाग्न सल्लाह दिनुका साथै सो अभियान सुरु भएपछि नासाले यसै समिति अन्तर्गत रहने गरि जनगणना २०२० हेल्पडेस्क संचालन गर्न लागेको जानकारी दिए ।

सोही बैठकमा बोल्दै नासाका महासचिव कृष्ण श्रेष्ठले यो जनगणनाबाट अमेरिकामा नेपाली समुदायको बास्तबिक तथ्यांक निकाल्न सकियो भने आगामी दिनमा अमेरिकी सरकारले नेपाली समुदायलाई दिने सुविधाहरु वृद्धि हुने सम्भावना रहेको कुरा बताउँदै जनगणना २०२० समितिलाइ सस्थाको पूर्ण सहयोग रहने कुरा बताए ।

जनगणना २०२० समितीका अध्यक्ष सुमन बस्तीले नेपाली अमेरिकनलाई अल्पसंख्यक समुदायको रुपमा मान्यता दिलाउन सकियो भने आगामी दिनमा नेपाली समुदायले ठुलो लाभ लिन सक्ने कुरा बताए ।

बस्तीले नासाले शुरु गरेको यो अभियान सफल बनाउन यस क्षेत्रका सबै नेपाली सामाजिक संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने कुरा बताए ।

समितिका अध्यक्ष सुमन वस्तीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा प्रमुख अतिथि तथा नासाका अध्यक्ष बिनय अर्याल र विशेष अतिथि तथा संस्थाका महासचिव कृष्ण श्रेष्ठले समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए ।