३१ आश्विन २०८३, शनिबार

पर्यटन प्रवर्द्धनका लागि डडेल्धुरामा महोत्सव हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ५ माघ । पर्यटन वर्ष २०२० लाई सफल पार्न डडेल्धुरा जिल्लामा महोत्सव आयोजना हुने भएको छ ।

सुखी नेपाली सम्वृद्ध नेपाल कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्धिको आधार मुख्य नारासहित फागुन ८ गतेदेखि १८ गतेसम्म डडेल्धुरा सदरमुकाममा महोत्सवको अयोजना गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।

डडेल्धुरा जिल्लाका विभिन्न पर्यटकिय तथा धार्मीक क्षेत्रहरुको प्रचार प्रसार हुने गरि र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डडेल्धुरा जिल्लाको अवलोकन गराउने गरि महोत्सवको आयोजना गरिएको समेत अध्यक्ष भट्टले बताए ।

आन्तरिक तथा बाह्य गरि करिब ३ लाख व्यक्तिहरुबाट महोत्सवको अवलोकन गराउने लक्ष्य राखेर महोत्सवको तयारी भईरहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

डडेल्धुरा जिल्लाको स्थानीय उत्पादन र स्थानीय खानाका परिकारहरुलाई विशेष ग्राह्यता दिने र अवोलकन गर्न आएका व्यक्तिहरुलाई जिल्लामा रहेका विभिन्न धार्मीक, ऐतिहासिक स्थलहरुसम्म पुग्ने वातावरण सृजना हुने गरि तयारीमा जुट्ने उद्योग वाणिज्य संघ डडेल्धुराले बताएको छ ।