३१ आश्विन २०८३, शनिबार

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले गराए स्वास्थ्य जाँच

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ माघ । बालुवाखानी हेल्थ केयर सेन्टर प्रालिको आयोजना बुढानिलकष्ठ न.पा.१० को समन्वयमा भएको वृहत निःशुल्क स्वास्थय शिविरबाट ५ सय बढीले लाभ लिएका छन् ।

यही माघ ४ गते बु.न.पा.१० बालुवाखानी चोक कपनमा भएको शिबिरबाट त्यस क्षेत्रका ५५४ जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको छ ।

३ जना वरिष्ठ चिकित्सक ४ चिकित्सक तथा २ जना नर्स सहितको टोलीले स्वास्थय परिक्षण गरेको शिविर संयोजक बिष्णु गिरीले बताए । शिविरमा २५० भन्दा बढीको निःशूल्क रगत परिक्षण गरिएको गिरीले बताए ।

आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको आफ्नै टोलमा भन्ने लक्ष्य सहित शिबिरको आयोजना गरिएको संयोजक गिरीले बताए ।

शुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा, ढाड कम्मर पोल्ने, झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, दन्त सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनामारी अनियमित हुने लगायत रोगका बिरामीहरु आएका थिए ।

स्वास्थ्य परिक्षणमा आएका धेरै जसोको स्वास्थ्य परिक्षण गर्दा स्वास प्रश्वास सम्बन्धी दमको रोग, ग्यास्टीकका धेरै बिरामी भेटिएको वरिष्ठ जनरल फिजिसीयन डा. एस.बी खड्काले बताए ।

शिविरमा परामश केन्द्र नै राखेर स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारीका साथ यस्ता समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएको बालुवाखानी हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले बताए । उनका अनुसारस्वास्थ्य चेकअप पछि बिरामीहरुलाई ३ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण बताए ।

अध्यक्ष अधिकारीले समाजमा रहेका गरिब, असाहयहरूको लागि यस्ता शिबिरको आयोजनाले धरै सहयोग पुग्ने बताए । उनले भने, ‘यदि यसो गर्न सकिए सामान्य अवस्थामा नै रोग पहिचान हुने र उपचार गर्न समेत सजिलो हुने भएकाले आम नागरिक आफ्नो स्वास्थ्यबारे बेलैमा सचेत हुनुपर्छ ।’

हेल्थ केयरका संञ्चालक सुनिल केसीका अनुसार अस्पतालमा गई उपचार गर्न नसकि रोग पालेर बसिरहेकाहरुका लागि स्वास्थ्य शिबिरले फाईदा पुग्ने दाबि गरे निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउँन पाएपछि स्थानीयहरु निकै प्रसन्न भएका थिए ।

स्वास्थ्य शिविरमा आई पुगेका ५४ वर्षीय लो बहादुर नेपालीले आफनै ठाउँमा स्वास्थ्य जाँच र निःशुल्क औषधी पाएकोमा खुशी हुदै डाक्टरलाई धन्यवाद दिए ।

शिविरमा धेरै प्रकारका रोगी आएपनि, ग्यास्ट्रीक, अर्थोपेडिक, गाईनोका बिरामीहरु शिविरमा धेरै आएको डाः अनिल कुमार गुप्ताले बताए ।

शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यको बारेमा परामर्श समेत लिएका थिए । शिबिरमासेवा लिनेमा महिला रहेका छन भने त्यसमा पनि पाठेघर लगाएत प्रजनन स्वास्थ सम्बन्धिका बिरामीहरु बढी रहेका छन् ।

शिविरमा काठमाडौंका के.एम.सी अस्पताल, वीर अस्पताल, कान्तीबाल अस्पताल ,प्रसुति गृह अस्पतालका चिकिन्सकहरुले स्वास्थय परिक्षण गरेका थिए ।

शिविरमा बुढानिलकष्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेल, बडा नं १०का बडा सदस्य चन्द्रमान श्रेष्ठ स्थानीय वुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधीहरुले समेत स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा जनरल फिजिसियन, बालरोग, प्रसुति स्त्री तथा निःसन्तान, हाडजोर्नी तथा नशा, दन्तरोग, फिजियोथेरापी सेवा , सामान्य डेसिङ लगायतको सेवा उपलब्ध गराईएको थियो । स्वास्थय शिविरमा ई.सि.जि, डिजिटल एक्स र सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

शिविरमा सिनियर कन्सलटेन्ट डा. एस.बी खड्का, बालरोग विशेषज्ञ सिनियर कन्सलटेन्ट गणेश श्रेष्ठ, सिनियर कन्सलटेन्ट श्रीप्रसाद अधिकारी,डा अनिल कुमार गुप्ता, डा सजनी बस्नेत नेपाल लगायतको चिकित्सक टोलीले सेवा दिएका थिए । शनिबार बिहान ९ बजे देखि शुरु भएको स्वास्थय शिविर दिनको ३ बजे सम्म सञ्चालन गरिएको थियो ।

शिविरमा बुढानिलकष्ठ नगरपालिकाका वडा नं १०, ११ र १२ वडाका जनताले प्रत्यक्ष लाभ लिएका थिए शिविरलाई बु.न.पा १० वडा, सामाजिक रुपान्तरणको लागि नागरिक समाज लगायतका संघ संस्थाले सहयोग गरेको शिविर संयोजक गिरीले बताए ।