३१ आश्विन २०८३, शनिबार

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्नेछ भन्नुभयो ।

सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।

यसअघि आज बिहान प्रेस सङ्गठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने प्रवक्ता श्रेष्ठले एमसिसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको थियो । –रासस