३१ आश्विन २०८३, शनिबार

रेडियो समादको १२ औँ वार्षिक उत्सव सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– महेश सिंह
सिरहा, ४ माघ । सिरहाको लहान नगरपालिका १ कृष्णटोल स्थित २०६३ सालमा दर्ता भई २०६४ सालमा रेडियो समादले आफ्नो प्रसारण सुरु गरेका थियो ।

रेडियो समादले शनिबार १२ औँ वर्ष पुरा गरि १३ औँ वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर शनिबार उत्सव मनाएको छ ।

प्रकृतिका साथीहरूद्धारा संचालित रहेको रेडियो समाद १०२.६ मेगार्हजले प्रसारण गरेको गित संगीत, सूचना, समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि पाँच भाषा भाशि मधे माईथली, थारु, नेपाली, हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको प्रकृतिका साथीहरुका कोषाध्यक्ष तारिणी चौधरीले बताए ।

प्रकृतिका साथीहरूका अध्यक्ष शिया राम चौधरीले केक काटेर उत्सव मनाएका थिए । समाद एफ. एम को स्टेशन म्यानेजर रामान्द चौधरीले फोन मार्फद कार्यक्रममा रेडियोको प्रगति र प्रसारण क्षमता बिस्तारबारे प्रकाश पारेका थिए ।

सिरहा र सप्तरी जिल्लाको पहिलो रेडियोको रूपमा स्थापना भएको रेडियो हो । उक्त रेडियोले सिरहा, सप्तरी, उदयपुर, सिन्दुली धनुषा, छिमेकि मुलुक भारतका बिहार राजय लगायतकाका जिल्लाहरुमा चर्छित रहेको स्रोताहरुको भनाई छ ।

यो रेडियो अन्लाईन मार्फत देश विदेशमा रहेका अधिकांश नेपालीहरुको समेत मन जित्न सफल भएको संत चौधरीले बताए ।

कार्यक्रममा रेडियोको समाचार वाचक महेश सिंह, शम्भु चौधरी, अनुभक्त चौधरी, अनिल चौधरी कार्यक्रम तर्फ सचिता सिंह थारु, गिता खडका, बिजय महतो, प्राविधिक तर्फ प्रदीप चौधरी, रितिक चौधरी लगायतका रेडियो कर्मीहरुको सहभागीता रहेको थियो ।