१३ कार्तिक २०८३, शुक्रबार

पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ पुस ।  नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औं पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन सुरु गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको ३ दिने कार्यक्रमको घोषणा गरिएको हो । दिवसको सन्दर्भमा शुक्रबार यहाँ ‘पृथ्वीनारायण शाह र अन्तर हिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

यस्तै आज शनिबार संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ । आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ । आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिएको जनाइएको छ ।

पहिलो दिनको कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभएको भन्दै उनको योगदानको प्रशंसा गरे । जातजाति र सांस्कृतिक वातावरण बनाउँदै नयाँ सेना निर्माण गरी राज्य विस्तार गर्नुले उनको दूरदर्शिता प्रष्ट हुने उल्लेख गर्दै उनले कसैले बुद्धि, कसैले युद्ध त कसैले धर्ममार्फत मुलुक यहाँसम्म ल्याइपु¥याएको स्मरण गरे ।

कार्यक्रममा ‘पुथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दैै प्राध्यापक डा त्रिरत्न मानन्धरले आफ्नो अन्तिम समयमा पुथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ ।’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भूराजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट प्रष्ट हुने जिकिर गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले राजाहरु सहअस्तित्व कायम गर्न जनताको सेतु भएको स्मरण गर्दै राष्ट्र एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई जनताको भावना बुझ्ने राजाको रुपमा स्मरण गरे ।

उनले कसैलाई पनि शत्रु नठान्ने स्वभाव भएका राज्य एकीकरणका नायक गोरखाका राजा पृथ्वीनारायण शाहलाई बडामहाराजा भन्न हिच्किचाउन नहुने उल्लेख गरे ।

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले पृथ्वीनारायण शाहलाई जनमत बुझेर निर्णय गर्ने दूरदर्र्शी राजाको रुपमा चित्रण गरे । रासस