५ कार्तिक २०८३, बिहिबार

बिहिबार सुनको मूल्य एक हजारले घट्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस ।  नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको छ।

बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ।

बुधबा सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको ९२० रुपैयाँ कायम गरिएको थियो।इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउमा उतारचढाव आएको हो ।