२९ आश्विन २०८३, बिहिबार

रेखाले छाडेको फिल्ममा निखिल खेल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nikhilकाठमाडौं । बलिउबाट फर्किए लगत्तै ‘भैरव’ निर्माण अभिनय गरेका अभिनेता निखिल उप्रेतीको अभिनय चलचित्र ‘लुटेरा’मा पनि रहने भएको छ ।

दयाराम दाहालले निर्देशन गर्ने ‘लुटेरा’मा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ र अमित श्रेष्ठलगायतको अभिनय समेटिने छ । अभिनेत्री प्रियंका कार्कीले आइटम नृत्य गर्नेछिन् । चलचित्रमा बितरक गोपाल कायस्थाको लगानी रहने छ ।

यस अगाडि निखिल र रेखा थापाको अभिनय रहने र सबिर श्रेष्ठले निर्देशन गर्ने बताइएको यो चलचित्रमा निर्देशक सबिरको पोजिसन नमिलेपछि रेखाले समेत छोडेकी हुन् ।

एक्सन विषयमा निर्माण हुन लागेको यो राजधानी र विरगञ्जलगायत स्थानमा छायाँकन गरिने बताइएको छ । बसन्त सापकोटाको संगीत रहने चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका छन् ।