१३ कार्तिक २०८३, शुक्रबार

घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २१ पुस ।  कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी एक लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उपमहानगरपालिका-१२ मा अवस्थित उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा नियन्त्रणमा लिएको जेसिभी र ट्‍याक्टर छोड्न भनी सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालले जानकारी दिए ।