५ कार्तिक २०८३, बिहिबार

सुनको मुल्य अहिलेसम्मकै महँगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मुल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । गएको शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो ।

चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।