मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बारामा अवैध घरेलु मदिराको आठ वटा भट्टी र आठ हजार लिटर कच्चा पदार्थ नष्ट

दैनिक नेपाल २०७६ पुष २० गते ९:०१

कलैया, २० पुस । जिल्ला प्रहरी कार्यालय बाराले छ वटा कच्ची घरेलु मदिराको भट्टी नष्ट गरेको छ ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले भट्टीहरू नष्ट गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं. ८ बरेवा टोलमा अवैध रूपमा संचालन रहेको घरेलु मदिरा भट्टी ६ वटा, कच्चा पदार्थ ७ हजार लिटर र तयारी मदिरा ५० लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बारा तथा प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले आदर्श कोतवाल गाउँपालिका वडा नं.७ र महागढीमाई नगरपालिका वडा नं. १० स्थितमा अवैध रूपमा संचालनमा रहेको घरेलु मदिरा भट्टी २ वटा, कच्चा पदार्थ १ हजार लिटर नष्ट गरिएको एपी खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित