१० मंसिर २०८३, बिहिबार

रवि र बालेनबीच पाँच घण्टा भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा दुईबीच पाँच घण्टा लामो भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, आगामी निर्वाचन, पार्टीको प्रशिक्षण अभियान, सरकारका कामकारबाही तथा संसद् अधिवेशनलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री बालेनले भारत भ्रमण र त्यसका उपलब्धिबारे जानकारी गराएका थिए । यस्तै स्थानीय तहको निर्वाचन लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।