१० मंसिर २०८३, बिहिबार

स्वचालित पेस्तोलसहित दुई जना इटहरी प्रहरीद्वारा पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १८ पुस । इलाका प्रहरी कार्यालय इटहरीले कम्पनीको नाम नखुलेको स्वचालित एउटा पेस्तोल र ७.६५ एमएम लेखिएको ५ थान गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले को९प ७४८६ नम्बरको मोटरसाइलमा आइरहेका सुन्दरहरैचा–४ बस्ने जागिर खान र हरिनगरा गाउँपालिका–७ का ४७ बर्षिय जमिल अन्सारीलाई पक्राउ गरेको हो ।

इप्रका इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार उपमहानगरपालिका–८ को कदमा टोलमा बाटोमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट हतियार फेला परेको हो ।

हतियार खानले पेटीमा कसेर बोकेको अवस्थामा फेला परेको थियो । के प्रयोजनका लागि हतियार बोकेको भन्ने विषयमा अनुसन्धान जारी रहेको भण्डारीले बताएका छन् ।