काठमाडाैं, १८ पुस । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू तय गर्न नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ ।
बैठकमा सचिवालय सदस्यहरुले आफ्ना आफ्ना नाम ल्याएपछि बैठकले उम्मेदवार तय गर्न सकेको थिएन ।
उम्मेदवारका लागि निश्चित मापदण्ड तय गर्न समेत सचिवालय सदस्यहरुले माग गरेका छन् ।
माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । १८ स्थानका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ।
प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले उसलाई २ स्थान छोडिसकेको छ । अब नेकपाले १६ उमेदवारको नाम तय गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभा निर्वाचनमा नेकपाकै मतभार सबैभन्दा बढी छ ।











प्रतिक्रिया