११ कार्तिक २०८३, बुधबार

योगेश भट्टराईले भने–‘काँग्रेस संविधान निर्माण प्रक्रियामा नआए सहकार्य तोडिन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh_Bhattaraiझापा, १९ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान निर्माण प्रक्रिया नबढाए नेपाली कांग्रेससंग सहकार्य गर्न नसकिने बताउनुभएको छ ।

एकीकृत नेकपा माओवादी सहमतिमा आउन नचाहेको अवस्थामा प्रक्रिया अगाडी बढाउन आवश्यक भएको भन्दै कांग्रेस अगाडी नबढे सरकारबाट वाहिरिने चेतावनी दिनुभएको हो । सरकारमा बसेर कुनै उपलब्धि नभएकाले उपलब्धिविहीन कार्यमा एमालेले साथ नदिने उहाँको भनाई थियो ।

प्रेस चौतारी झापाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो- नेपाली काँग्रेस नेतृत्वको सरकार इतिहासकै कमजोर सरकार भयो । संविधान बनाउनकै लागि भए पनि हामीहरु कमजोर सरकारमा सहभागी हुनुपरेको छ ।

सचिव भट्टराईले एमाओवादीको हठका कारण माघ ८ मा संविधान आउन नसकेको बताउनुभयो । बाह्र बुँदे सहमतिको बाटोबाट अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले जेठ १५ भित्र संविधान बन्नुपर्छ भन्नुभयो ।

उहाँले सहमति हुन नसके प्रक्रियाबाटै संविधान निर्माण प्रक्रिया अघि बढाइने पनि प्रस्ट पार्नुभयो । एमाओवादी मोर्चालाई कुनै पनि सर्त नराखी वार्तामा आउन सचिव भट्टराईले आग्रह समेत गर्नुभयो ।