चितवन, १९ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरु सहमति आउन नचाँहे पनि सहमतिबाटै संविधान जारी हुने बताउनुभएको छ ।
हरेक वर्गको अधिकार सुनिश्चित गर्न सहमति नै अपरिहार्य भएको भन्दै अध्यक्ष प्रचण्डले सहमतिबाटै संविधान बनाउने लडाँईमा एमाओवादी मोर्चाकै जित हुने दावी गर्नुभयो ।
संविधानसभाबाट संविधान बनाउन आफूहरु लागिपरेको भए पनि यसलाई उल्ट्याउन विरोधी तत्वहरु सक्रिय रहेको बताउँदै उहाँले अन्तिम जित आफूहरुकै हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी वार्ताकै पक्षमा छौँ । मलाई विश्वास छ समाधान निस्कन्छ ।”
सङ्घीयता विरोधी तत्वहरुले सङ्घीयताको मुद्दालाई अपहरण गर्न खोजेको उहाँको आरोप छ । अनेरास्ववियु क्रान्तिकारी मूल एकाइ समिति रामपुरले चितवनमा आयोजना गरेको स्वागत तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिजोको आन्दोलनको प्राप्तिलाई धरापमा पार्न खोजिएको छ भन्नुभयो ।















प्रतिक्रिया