१३ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि सारियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नु परेकाले बैठक स्थगन भएको बुझिएको छ ।

यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । रासस