
काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले पुस १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बैठकमा आगामी राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसभित्र पछिल्लो समय आन्तरिक विवाद सतहमा देखिएको छ ।
सभापति शेरबहादुृर देउवाले पार्टीलाई एकल ढंगले सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट रहेका छन् ।
पौडेल पक्षले बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।












प्रतिक्रिया