मुम्बई । शाहरुख खानको फिल्म ‘फैन’ मा शाहरुखको जोड़ीमा एक नयाँ युवती देखिँदैछन् । तपाइहरु जान्न चाहनुहुन्छ फैनमा शाहरुखकी नयाँ हिरोइन् को हुन् ?
उसो त शाहरुखसंग जुनसुकै नयाँ युवतीले फिल्म खेलिन । उसको भाग्य चम्किएकै हुन्छ । आजसम्मको तथ्याङ्क हेर्ने हो भने बलिउडका स्टार नायिका प्रीति जिन्टा होस वा अनुष्का वा दीपिका । यी सबै नायिकालाई शाहरुखले नै बलिउडमा स्थापित गराएका थिए ।
यस्तो बेला फैन मा नयाँ युवतीको चर्चा सुरु भएको हो । सुरुमा यो चलचित्रमा पूर्व मोडललाई अफर दिने भनिएको खबर सार्वजनिक भएका थिए । तर, अहिले नयाँ हिरोइन इन्ट्री गराउने चर्चा सुरु भएको हो ।
खबरअनुसार शाहरुखसंग यो चलचिमा सचिनकी छोरीसंग सम्झौता गरिएको छ । शाहरुख खानसंग मशहूर अभिनेता सचिन पिलगांवकर र सुप्रिया पिलगांवकरकी छोरी श्रेया पिलगांवकर यो चलचित्रबाट हिन्दी चलचित्रमा डेब्यु गर्न लागेको खबर भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका छन् ।
श्रेया अभिनयमा अब्बल क्षमता भएकी युवती भएको बताइएको छ । तर यसबारेमा श्रेयाले मुख खोलेकी छैनन् ।













प्रतिक्रिया