१० मंसिर २०८३, बिहिबार

नेपाल बैंकका पूर्वशाखा प्रबन्धक कोइराला पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ पुस ।  नेपाल बैँक डिल्लीबजारका पूर्वशाखा प्रवन्धक भुपराज कोइराला पक्राउ परेका छन् ।

कोइरालाले पदमा रहँदा पदको दुरुपयोग गरेको आरोप कोइरालामाथि लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।