काठमाडौं । नेपाली श्रमिकलाई मलेसिया पठाउने क्रममा भएको ठगी तथा अवैध असुली प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को मागअनुसार काठमाडौं अदालतले बिहीबार दुवै पूर्वमन्त्रीसहित पक्राउ परेका अन्य आरोपीको म्याद थप गरेको हो।
यसअघि अदालतबाट प्राप्त दुई दिनको हिरासत अवधि सकिएपछि प्रहरीले अनुसन्धान बाँकी रहेको जनाउँदै थप समय माग गरेको थियो।











प्रतिक्रिया