
मोरङ, १४ पुस । रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी मृत्यु भएको हो ।
ट्र्याक्टर ठक्करबाट गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा विराटनगर कोशी अस्पतालमा मृत्यु भएको हो ।
ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया