१० मंसिर २०८३, बिहिबार

सोमबार र मंगलबार मौसम सफा रहने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ पुस ।  केहि दिनदेखि बढेको चिसोले देशभरकै जनजीवन प्रभावित भएको छ । झन तराई क्षेत्रमा हत्तादेखि नै घाम नलाग्दा जनजीवन झनै कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार तराईका केहि राहत महशुस हुने बताएको छ । तराईमा निरन्तर केहि हत्तादेखि लागेको कुहिरो हट्दै जाने महाशाखाल् जनाएको छ । तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसोदेखि बिस्तारै कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

मंगलबार बिहान पनि केहीबेर हुस्सु लाग्ने सम्भावना भए पनि दिउँसो खुल्ने र बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएकाले तराईको मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । केही दिनदेखि घाम नलाग्दा तराईको जनजीवन प्रभावित भएको छ ।

यस्तै काठमाडौसहितका ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मंगलबार बेलुकीदेखि पश्चिमी वायुको प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको बढी प्रभाव भने बुधबारदेखि मात्रै पर्ने सम्भावना छ । यसैबीच आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डौको तापक्रम सोमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।