
काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र राजधानी टुंगो लगाएको छ ।
लामो समयदेखि प्रदेशको नाम र राजधानीको विषयका सांसदहरुबीच नै विवाद रहदै आएको थियो । सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडालाई नै कायम गर्ने र नाम बाग्मती राख्ने निर्णय गरेको हो ।
बैठकले पार्टी निर्णयको पक्षमा उभिन प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
सचिवालय बैठकमा एमसीसी र सभामुखका विषयमा हुने छलफलको बारेमा भने के निर्णय भयो भन्ने पार्टीले बताएको छैन ।











प्रतिक्रिया