१० मंसिर २०८३, बिहिबार

इन्सपेक्टरसहित तीन जनाको ज्यान गएको धनुषा बम विष्फोटमा विप्लवको हात

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । गत मंसिर २७ गते धनुषामा भएको बम बिस्फोटमा विप्लव समूहको हात रहेको प्रहरीले ठहर गरेको छ । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बम बिस्फोटमा विप्लवको हात रहेको पुष्टी भएको बताउनुभयो ।

विप्लवले तराईमा डर, धक्की देखाई आतंक मच्चाउदै आएको प्रहरीले जनाएको छ । मंसिर २७ गते धनुषामा भएकोे बिस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानिय राजेश शाह र उनका छोरा उन्नत शाहको ज्यान गएको थियो ।

घटनामा मृतक राजेश शाहलाई विप्लव कार्यकर्ताले पैसाकालागि धम्की दिएको र नमान्दा बम विष्फोट गराएको खुलेको प्रहरीले जनाएको छ । मृतक राजेश साह औषधी व्यवसायी थिए।

उनी ब्याजमा पैसा लगानी गर्थे। उनीसँग आर्थिक कारोबार गर्ने विभिन्न व्यक्तिहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।