१० मंसिर २०८३, बिहिबार

चौरीदेउरालीमा रूकुमका ओलीकाे शव भेटियाे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १३ पुस । काभ्रे जिल्लाकाे  चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले शुक्रबार राति अत्याधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो।

सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५-१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११-१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए।