काठमाडाैं, ११ पुस । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बाग्लुङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक समारोहका वीच समुद्घाट्न गरेका हुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।















प्रतिक्रिया