११ कार्तिक २०८३, बुधबार

एमालेको नयाँ प्रस्तावपछि कांग्रेसमा खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, १९ फागुन । सत्ता साझेदार एमालेबाट नयाँ सहमतिका साथ सरकार चलाउन नयाँ प्रस्ताव आएपछि त्यस विषयमा छलफल गर्न नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको बैठक आज बस्दैछ ।

अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेको नयाँ प्रस्तावका विषयमा छलफल हुने केन्द्रीय सदस्य नरहरि आचार्यले जानकारी दिनुभयो ।

‘संविधान निर्माण, नयाँ सहमति र सरकार गठनका विषयमा एमालेबाट आएको प्रस्तावमा छलफल हुन्छ ।’

एमालेले यथाअवस्थामा वर्तमान सरकार अगाडि बढ्न नसक्ने भन्दै नयाँ सहमतिका साथ सरकार बनाएर जान प्रस्ताव गरेपछि कांग्रेसले आन्तरिक छलफल गर्न लागेको हो ।

एमालेले अबको सहमतिमा संविधान, सरकार र शक्ति बाँडफाँटको कुरा अघि ल्याएको छ ।