११ कार्तिक २०८३, बुधबार

नयाँ सहमति र सरकारका विषयमा कांग्रेस-एमालेले परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncc-uml1काठमाडौं, १९ फागुन । नयाँ सहमति, सरकार र संविधान निर्माणका विषयमा छलफल गर्न प्रमुख दुई सत्तारुढ दल कांग्रेस र एमालेको बैठक आज बस्दैछ ।

दिउँसो चार बजेपछि बालुवाटारमा बस्ने दुई दलको बैठकमा संविधान सभा र विपक्षी दलहरूसँगको वार्ता प्रक्रियाका विषयमा छलफल हुनेछ ।

विपक्षी दलहरुको आग्रहमा अनिश्चितकालका लागि संविधानसभा बैठक अवरुद्ध भएपछि एमालेले छिटो बैठक बोलाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गर्दै आएको छ ।

बैठकमा विपक्षी मोर्चालाई वार्तामा बोलाउने, नयाँ सहमतिका साथ सरकार अगाडि बढ्नेलगायतका समग्र राजनीतिक विषयमा छलफल हुने कांग्रेस नेता तथा कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।

एमालेले सरकार र संविधान निर्माणमा नयाँ सहमति आवश्यक रहेको जनाएपछि दुबै दल कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागेका हुन् ।