
पर्सा, ८ पुस । भारतमा बनेको एसकेएफ कम्पनीको बोरिङ भनी नक्कली ब्यारिङ मेसिन बिक्रि गरी ठगी गर्दैै आएका पर्साको वीरगञ्ज महानगरपालिका–८ का एक पसलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज–२ का छविकान्त सरावगीको पसलमा खानतलानी गर्दा ३०५८ वटा नक्कली ब्यारिङ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सरावगीले घन्टाघरमा श्री श्याम मेसिनरी टुल्समा उक्त परिमाणमा नक्कली ब्यारिङ राखेको फेला परेको जानकारी दिँदै प्रहरीले आवश्यक अनुसन्धानको काम भइरहेको जनाएको छ ।












प्रतिक्रिया